हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ ।
आज आइतबार बिहान सम्पन्न खेलमा यूएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
आज सहित नेपालको लगातार दोस्रो हार
यूएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो ।
यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा १२९ रन बनाएको थियो ।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा सकिएको छ ।
