चन्द्रागिरि केबलकार मर्मतपछि पुनः सञ्चालनमा

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरि केबलकार शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण केबलकार बन्द भएको थियो। मुख्य सञ्चालन युनिट, गन्डोला पार्किङ र स्टोर युनिट, लेखा तथा प्रशासनिक कार्यालय, रेस्टुरेन्ट र कफिसप, टिकट काउन्टर लगायत बटम स्टेसनका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो।

कम्पनीले आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरी सेवा पुनः सुरु गरेको जनाएको छ। यात्रुहरूले अब सामान्य रूपमा केबलकारको सुविधा लिन सक्नेछन्।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार