पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको पथलैया जंगल क्षेत्रमा राजमार्गमै आएर जंगली हात्तीले आक्रमण गर्दा एकजना ट्रक चालकको मृत्यु भएको छ।
आज जितपुर सिमरा उपमहानगरपालिका( १६ काटघाटस्थित सडकमा यात्रा गरिरहेका सवारी साधन र यात्रुमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १ निवासी ट्रक चालक ४० वर्षीय राजकुमार चौधरी छन्।
हात्तीको बथानले सडकमा गुडिरहेका सवारीसाधनमा आक्रमण गर्दा केही सवारीमा पनि क्षति पुगेको छ ।
हात्तीको आक्रमणपछि त्यस क्षेत्रमा केही समय आवागमन अवरुद्ध भएको थियो।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षकहरू परिचालन गरिएको छ ।
केही समयअघि पथलैया नजिक राजमार्गमै बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको थियो।
