काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५स्४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो।
हिजो १०.१ डिग्री सेल्सियस थियो महाशाखाले जनाएको छ । आज १० डिग्री सेल्सियसमा झरेको हो।
मौसम महाशाखाको तथ्यांकअनुसार काठमाडौँका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो।
हिउँद लागेयता काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
