गरिमा रोड रेस २०८२ : विजेताले पाउने ५० हजार रुपैयाँसम्म पुरस्कार

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार

गरिमा बैंकले आयोजना गर्ने “गरिमा रोड रेस २०८२” को तयारी पूरा भएको छ। दौड प्रतियोगिता तीन विभिन्न समूहमा सञ्चालन हुनेछ — ओपन, कर्पोरेट र भेट्रान (वरिष्ठ) । विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

ओपन समूहमा प्रथम हुनेले रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,०००, र पाँचौं स्थान हासिल गर्नेले रु. १०,००० प्राप्त गर्नेछन्। त्यस्तै, कर्पोरेट र भेट्रान दुवै समूहका विजेताहरूका लागि समान पुरस्कार रकम तय गरिएको छ। यी समूहका प्रथमले रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,०००, र पाँचौंले रु. ७,००० पाउने छन्।

प्रतियोगिताले खेलकुदमा रुचि बढाउने र स्वास्थ्यप्रति जागरूकता फैलाउने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार