नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकहरूको आवश्यकता अनुरूपका आकर्षक बचत तथा मुद्धती खाता योजना सार्वजनिक गरेको छ। “तपाईंको पहिलो नाता, पहिलो बैंकसँग शुभारम्भ गरौं” भन्ने नारासहित बैंकले नयाँ सेवाहरू प्रस्तुत गरेको हो।
यी योजनाहरूमा विभिन्न आयु समूह र पेशागत वर्गका लागि छुट्टाछुट्टै सुविधा समावेश छन् —
-
सहयात्री बचत खाता : विदेशमा कार्यरत नेपाली र उनका परिवारका लागि।
-
रिमिट्यान्स IPO बचत खाता : वैदेशिक रकम र लगानीका अवसरका लागि।
-
युव–ज्ञान खाता : युवाहरूमा वित्तीय सचेतना र डिजिटल बैंकिङ प्रवर्द्धनका लागि।
-
सम्बन्ध मुद्धती खाता : आकर्षक ब्याजदरका साथ दीर्घकालीन बचतका लागि।
-
हर्ष बचत खाता : नियमित बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले।
-
सम्पन्न भविष्य खाता : भविष्य सुरक्षित बनाउन सहयोगी योजना।
-
संरक्षित सन्तति खाता : बालबालिकाको भविष्यका लागि आमाबाबुलाई बचतमा प्रेरित गर्ने योजना।
बैंकले साथै “समृद्ध नेपाल अभियान” मार्फत राष्ट्रिय आर्थिक समावेशीकरण र विकासमा पनि जोड दिएको छ।
वि.सं. १९९४ मा स्थापित नेपाल बैंकले परम्परागत विश्वास र आधुनिक सेवा प्रविधिको संयोजनमार्फत आफ्ना ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।
थप जानकारीका लागि २४ घण्टा सेवा उपलब्ध कल सेन्टर ०१–५९७०१३३ वा www.nepalbank.com.np मा सम्पर्क गर्न सकिन्छ।
