आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।
देशका बाँकी भागमा भने आज मौसम सफा रहने बताएको छ।
त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।
