सुनकाे मूल्यमा फेरि उछाल, ताेलामा ५ हजार ९०० रूपैयाँकाे वृद्धि

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार

नेपाली बजारमा बिहिबार पनि सुनकाे मूल्य ह्वात्तै बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५० हजार २०० रूपैयाँ निर्धारण गरिएको छ।

हिजाे मात्रै प्रतिताेला २ लाख ४४ हजार ३०० रूपैयाँमा कारोबार भएकाे सुन आज एकैदिन ५ हजार ९०० रूपैयाँले बढेको हो। यस्तै, चाँदीकाे मूल्य पनि आज बढेकाे छ। महासंघका अनुसार आज चाँदी प्रतिताेला ३ हजार ३ सय ४५ रूपैयाँ पुगेकाे छ, जुन हिजाेकाे तुलनामा १७० रूपैयाँ बढी हो। हिजाे चाँदी प्रतिताेला ३ हजार १७५ रूपैयाँमा कारोबार भएकाे थियाे।

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार