गरिमा विकास बैंक ले आज कार्तिक २७ गते आफ्नो साधारणसभा (AGM) पोखरा ग्राण्ड होटल, पोखरा मा आयोजना गर्दैछ। सभामा लाभांश वितरण साथै केही विशेष रणनीतिक प्रस्ताव पेश हुनेछन्।
बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ६% बोनस शेयर र ४.५३% नगद लाभांश (बोनस र नगद वितरणको कर सहित) समावेश छन्। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुनेछ।
बैंकले कार्तिक १८ गते शेयर बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कार्तिक १७ गतेसम्म शेयरधनीले मात्र सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
सभामा विशेष प्रस्तावहरू:
-
केन्द्रीय कार्यालय लाजिम्पाटबाट बालुवाटार स्थानान्तरण
-
बैंकको छाप र लोगो परिवर्तन
-
अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनको सम्पूर्ण अधिकार संचालक समितिलाई दिने
साधारण प्रस्तावहरू:
-
२०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने
-
वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदनसहित छलफल गरी पारित गर्ने
-
नगद लाभांश रु. २५,७३,२७,४३४.९४ वितरण स्वीकृति दिने
-
२०८२/८३ को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण
विशेष प्रस्तावहरू:
-
६% बोनस शेयर वितरण रु. ३४,०८,३१,०३९.६५ स्वीकृत गर्ने
-
अधिकृत पूँजी वृद्धि गरी रु. ६,१०,००,००,००० कायम गर्ने
-
केन्द्रीय कार्यालय बालुवाटार स्थानान्तरण
-
छाप तथा लोगो परिवर्तन
-
सञ्चालक भत्ता र खर्च नीति संशोधन
-
मर्जर र एक्विजिसन प्रक्रिया संचालन र सम्पूर्ण अधिकार संचालक समितिलाई दिने
-
पारित प्रस्ताव अनुसार प्रबन्धपत्र र नियमावली संशोधन
-
नियमनकारी निकायको आवश्यक निर्देशन अनुसार थप संशोधन तथा सुधार गर्न अधिकार दिनु
सभाले बैंकको रणनीतिक विस्तार र लाभांश वितरण दुवैको मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
