मन्त्री खरेलको कोरियाली AI स्मार्ट सिटी भ्रमणले नेपालमा AI विकासलाई ऊर्जा

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सियोल AI स्मार्ट सिटी सेन्टर’ भ्रमणले नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा आफ्नो प्रयासलाई थप ऊर्जा दिएको बताए।

सियोल AI फाउन्डेसनले सञ्चालन गरेको सेन्टरको अवलोकनपछि मन्त्री खरेलले AI प्रविधिले सूचना प्रविधिमा प्रगतिबाट देशलाई समृद्धितर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे।

भ्रमणका क्रममा मन्त्री खरेलले सेन्टरभित्रको AI सिटी, AI सेन्टर, र त्यहाँ सञ्चालन भएका विभिन्न पहलहरूको अवलोकन गर्नु भएको थियो। उनले भने, “कोरियाको AI स्मार्ट सिटी सेन्टरको अनुभवले मेरो ज्ञान र समझदारी बढाएको छ, जुन नेपालमा AI सेन्टर विकासमा उपयोगी हुनेछ।”

साथै, मन्त्री खरेलले त्यहाँका स्थानीय अधिकारी र विशेषज्ञहरूसँग AI प्रविधिको सम्भाव्यता, लाभ र भविष्यबारे छलफल पनि गरे।

यो फोरम कोरियाको विज्ञान तथा ICT मन्त्रालय (MSIT) र नेशनल इन्फर्मेसन सोसाइटी एजेन्सी (NIA) को सहआयोजनमा भएको थियो। मन्त्री खरेलले फोरमले डिजिटल नेपाल र डिजिटल रूपान्तरण पहलहरू अघि बढाउन महत्वपूर्ण र उत्पादक रहेको उल्लेख गरे।

मन्त्री खरेल नेतृत्वको नेपाली प्रतिनिधि टोली नोभेम्बर ११ मा सियोल पुगेर ११औँ ‘ग्लोबल ICT लिडरशिप फोरम’ मा सहभागी भएको थियो।

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार