एनसेलसँग एनपीएल अनुभव अब अझ विशेष

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार

एनसेलले सोमबारबाट सुरु हुँदै गरेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावरड बाय एनसेल’लाई अझ रोमाञ्चक बनाउन नयाँ ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ। एनपीएलको दोस्रो संस्करण अवधिभर यी प्याक खरिद गर्ने ग्राहकले विभिन्न बोनस सेवाहरू निःशुल्क रूपमा उपयोग गर्न सक्नेछन्।

कात्तिक २९ देखि लागू भई मंसिर २७ सम्म सञ्चालन हुने फ्यान प्याकहरूमा २५ वा ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी वा १ जीबी डेटा जस्ता एक-दिने बोनसहरू उपलब्ध हुनेछन्। यसले ग्राहकलाई मूल प्याकबाहेक थप सुविधा पनि उपलब्ध गराउनेछ।

ग्राहकहरूले एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’मा भाग लिएर थप बोनस सेवा तथा एनपीएल खेलका टिकट जित्ने अवसर पनि पाउनेछन्। ‘एनपीएल फ्यान प्याकले नेपाली क्रिकेट फ्यानका उत्साहमा अझ ऊर्जा थप्नेछ,’ एनसेलका चीफ कन्स्युमर बिजनेस अफिसर उपङ्ग दत्तले बताए। ‘क्रिकेटले सबैलाई एकजुट बनाउँछ, र एनपीएलमार्फत हामीले सेवाले सबैलाई अझ जोड्ने लक्ष्य लिएका छौं,’ उनले थपे।

‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ थिममा तयार गरिएको फ्यान प्याकमा ११ वटा विकल्प समावेश छन्—रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, ३९९ सधैं अन, ५९९ होम एन्ड अवे, ९९ अनलिमिटेड अल नेपाल, २९९ अनलिमिटेड अल नेपाल आदि।

प्रत्येक प्याकले अलग–अलग बोनस सुनिश्चित गर्छ। उदाहरणका लागि—रु. ९९ अनलिमिटेड डेटा लिनेले २५ मिनेट अन–नेट कल पाउँछन्, ३९९ सधैं अन प्याकले निःशुल्क टिकटक दिन्छ, ५९९ होम एन्ड अवेले निःशुल्क युट्युब चलाउन दिन्छ। यी सबै बोनस १ दिनका लागि मान्य रहनेछन्।

एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। यस सहकार्यले खेलकुदप्रति एनसेलको निरन्तर समर्थनलाई पुनः पुष्ट गरेको छ।

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार