मन्त्री कुलमानले बुझाए सम्पत्ति विवरण, दुई मन्त्री अझै बाँकी

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका छन्। कार्यालयका अनुसार उनले शुक्रबार सम्पत्ति विवरण बुझाएका हुन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ता समेतले सम्पत्ति विवरण बुझाइसकेका छन्।

१० सदस्यीय मन्त्रीपरिषद्मा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले भने अझै सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार