जसरी बराक ओबामा राष्ट्रपति हुँदा उनका छोरीहरु मालिया र साशा ओबामाको चर्चा हुन्थ्यो त्यसरी नै अहिले चर्चा बटुलिरहेकी छिन् काई म्याडिसन ट्रम्प।
डोनाल्ट ट्रम्पका ११ नातिनातिनामध्ये जेठी काई डोनाल्ड ट्रम्प जुनियर र उनकी पूर्वपत्नी भानिसाकी छोरी हुन्।
पाँच सन्तानमध्ये काईको बेग्लै चर्चा छ इन्टरनेट दुनियाँमा।
यसो हुनुमा खास कारण छ– उनी हजुरबासँग निकै रमाउँछिन्।
विश्वकै शक्तिशाली राष्ट्रपति बस्ने ह्वाइटहाउसको १८ एकड आंगन उनका लागि सामान्य रमाउने स्थान बनेको छ। त्यहाँ उनी कहिले कपडाको विज्ञापन गर्छिन् त कहिले सेल्फी खिचेर दुनियाँलाई देखाउँछिन्।
इन्टरनेटको संसारमा सामाजिक सञ्जाल उनको सबैभन्दा प्यारो घर हो।
काई सामाजिक सञ्जाल प्रयोगका हिसाबले सामान्य मानिसजस्तै छिन्। उनका ‘गेट रेडी विथ मि’ भिडिओहरु, भाइरल मिमहरु र दोस्रो राष्ट्रपतीय शपथ समारोहमा हजुरबासँग नाच्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा छ्यासछ्यास्ती देख्न पाइन्छ।
