मंसिरकाे ब्याजदर समायोजन: १२ बैंकले घटाए, ७ बैंक स्थिर

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान हुने अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया, सिद्धार्थ बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल बैंक, नेपाल एसबिआई, सानिमा बैंक र कुमारी बैंक रहेका छन्।

यता ब्याजदर स्थिर राख्ने बैंकहरूमा एनएमबि बैंक, नेपाल बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज रहेका छन्।

कात्तिक र मंसिर दुवै महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम छ। तर, कात्तिकमा औसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यो ५.०४ प्रतिशत मा झरेको छ।

यस महिनामा सबैभन्दा धेरै ब्याजदर ग्लोबल आइएमई बैंक ले प्रदान गर्ने भएको छ, जसले ६ प्रतिशत दिनेछ। उता, स्ट्याण्डर्ड चार्टर्ड बैंक ले सबैभन्दा कम अर्थात् ४.७ प्रतिशत मात्र ब्याजदर दिनेछ।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार