सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा घाटामा, बीमा दाबीले भार बढायो

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक (असोज मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जनमा वृद्धि भए तापनि खुद नाफा २० करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीले घाटा व्यहोर्नुको मुख्य कारण जेन-जी आन्दोलनका क्रममा परेको ठूलो बीमा दाबी रहेको बताएको छ। आन्दोलनको समयमा भएको क्षतिबाट कम्पनीमा परेको दायित्व चुलिँदा खुद घाटा २० करोड रुपैयाँ पुगेको हो। कुल बीमा दाबी भुक्तानी १२४ प्रतिशतले वृद्धि भई ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.३९ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँको खुद व्यवसाय गरेको छ। तर, लगानी तथा ब्याज आम्दानी ४५ प्रतिशतले घटेर २ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको कुल आम्दानी २१ करोड ७३ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ४१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको पूँजी संरचना अनुसार चुक्ता पूँजी २ अर्ब १५ करोड, बीमा कोष ५ अर्ब ३२ करोड १८ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छ भने महाविपत्ति कोषमा ४ करोड ५४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार