आशा लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ।
