माछापुच्छ्रे क्यापिटल लिमिटेडले माछापुच्छ्रे एसआइपी योजना सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणका लागि खुला गर्ने भएको छ। माछापुच्छ्रे बैंक लिमिटेड (MBL) अन्तर्गतको एमबीएल सामूहिक लगानी कोष भित्र सञ्चालन हुने यो योजना खुलामुखी (Open-ended) संरचनाको हुनेछ।
क्यापिटलका अनुसार मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २ करोड इकाई, अर्थात् २० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याइनेछ।
यस एसआइपी योजनाको कुल आकार ५ करोड इकाई रहेको छ।
-
७० लाख इकाई (१४%) प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित राखिएको
-
५ लाख इकाई (१%) योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि
-
१ करोड २५ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ
योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिने छ। उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन अवधि मंसिर २८ गतेसम्म खुला रहने जानकारी क्यापिटलले दिएको छ।
