शिवम सिमेन्टको १२.५०% लाभांश प्रस्ताव सार्वजनिक

शिवम सिमेन्ट लिमिटेडले आफ्ना सेयरधनीलाई चालु वर्ष १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। कात्तिक ३० गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट आर्जित नाफामा आधारित रहेर २.५० प्रतिशत बोनस सेयर तथा करसहित १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

लाभांश प्रस्ताव अनुमोदनका लागि कम्पनीले मंसिर २५ गते साधारण सभा (AGM) आह्वान गरेको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।

बुक क्लोज मितिभन्दा अघि सेयर कायम गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन्। कम्पनीले हालसालै उत्पादन क्षमता, बजार विस्तार र वित्तीय स्थिरतामा सुधार गर्दै लाभांश वितरण निरन्तरता कायम राखेको जनाएको छ।

file:///C:/Users/lenovo/Downloads/1763353092520.pdf