नेपालको प्रमुख राइड–हेलिङ एप इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। यो साझेदारीले नेपालको सबैभन्दा ठुलो टी–२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग हुने राइड शेयरिंग एपलाई एकै ठाउँमा ल्याएको छ।
साझेदारीमार्फत इनड्राइभले युवा तथा खेल समुदायसँगको सम्बन्ध मजबुत गर्दै नेपाली बजारमा गहिरो पहुँच स्थापना गर्ने लक्ष्य राखेको छ। यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रतालाई प्राथमिकता दिन्छ, जुन एनपीएलको मूल्यसँग मेल खान्छ।
इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भने, “नेपाल प्रिमियर लिग जस्तो प्रतिष्ठित क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। यस साझेदारीले क्रिकेटको ऊर्जा भित्र रहने अवसर दिएको छ र सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्नेछ। हाम्रो निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता र स्वतन्त्रता मार्फत मानिसलाई सशक्त बनाउँछ, जुन एनपीएलको भावना र सिद्धान्तसँग मेल खान्छ।”
क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले भने, “इनड्राइभलाई आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुशी छौँ। इनड्राइभको प्रतिबद्धता हाम्रो समावेशिता र खेल प्रवद्र्धनको उद्देश्यसँग मेल खान्छ। यसले यस सिजनको फ्यान अनुभवलाई अझ उत्साहजनक बनाउनेछ।”
साझेदारीले सामुदायिक कार्यक्रम, स्थानीय ड्राइभर सशक्तिकरण, मोबिलिटी सुविधा सुधार र राष्ट्रिय खेलकुदको समर्थन गर्दै इनड्राइभको दिगो प्रतिबद्धता पुष्टि गरेको छ।
