सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमको वन मिलियन ट्रीज साझेदारी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ।

यो सहकार्य प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको हो। कम्पनीले विश्वास व्यक्त गरेको छ कि यस पहलले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्नेछ।

कम्पनीका अनुसार, “‘वान मिलियन ट्रीज क्याम्पेन’ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्‍याउने छ। एक मिलियन रूख लगाउने लक्ष्यले वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने छ। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण प्रदान गर्दै दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ।”

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४८ शाखा र उपशाखा मार्फत सेवा सुविधा प्रदान गर्दै आएको छ।