सिटिजन्स सदाबहार योजनाका इकाई खरिद–बिक्री खुला

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत, सिटिजन्स सदाबहार योजनाको इकाई आज मङ्सिर १ देखि निरन्तर खरिद–बिक्रीका लागि उपलब्ध भएको छ। यस योजनामा सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन्।

सिटिजन्स क्यापिटलका अनुसार, डिल्लीबजारस्थित कार्यालयबाट आइतबारदेखि बिहिबारसम्म बिहान ११ बजे देखि ३ बजेसम्म इकाई खरिद–बिक्री गर्न सकिनेछ। शनिवार र सार्वजनिक विदाका दिनहरूमा योजनासम्बन्धी सेवा बन्द रहने जानकारी क्यापिटलले दिएको छ।

यस खुलामुखी योजनाको सार्वजनिक निष्काशन २०८२ आषाढ १३ देखि २७ सम्म गरिएको थियो। सो अवधिभित्र आवश्यक भन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो, जसले योजनाप्रति लगानीकर्ताको उच्च विश्वास र रुचि देखाउँछ।

सिटिजन्स सदाबहार योजना लगानीकर्तालाई दीर्घकालीन वित्तीय लक्ष्य पुरा गर्न सुरक्षित र लाभदायी अवसर प्रदान गर्ने उद्देश्य राख्दछ।