सिद्धार्थ बैंक एनपीएलमा जनकपुरद्धारा काठमाडौंलाई १३१ रनको लक्ष्य

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाए।

त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए।

काठमाडौंका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एकएक विकेट लिए।

टियू क्रिकेट मैदान खचाखच (तस्बिरमा)