सिद्धार्थ बैंक एनपीएल-जितका लागि जनकपुर विरुद्ध काठमाडौँको ब्याटिङ शुरु

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा काठमाडौँ गोर्खाजले शानदार सुरुआत गरेको छ।

जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात ओभरमा ६४ रन बनाएको छ। काठमाडौँका लागि वेन चाल्र्सवर्थले ४५ र आकाश त्रिपाठी २१ रनमा अविजित छन्।

काठमाडौंलाई १३१ रनको लक्ष्य

यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले ५४, मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी–इटोन र सञ्जय कृषिमूर्तीले दुई–दुई विकेट लिए।

काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए।