आज देशभर चिसो बढ्यो

मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।

यसै क्रममा आज मंगलबार काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।

हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अपडेट क्रम जारी छ । आज पनि थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।