शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाउँदै २२औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले देशव्यापी सातवटा प्रदेशमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरी सामाजिक उत्तरदायित्वमा योगदान पुर्याएको छ।
कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले संस्थापक, लगानीकर्ता, कर्मचारी, नियमनकारी निकाय र ग्राहकहरूमा विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि पारदर्शी र उत्कृष्ट बीमा कम्पनीको रुपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
हालसम्म कम्पनीले करिब ६ अर्ब रुपैयाँ बीमा प्रिमियम संकलन र ४ अर्ब रुपैयाँ दाबी व्यवस्थापन गरेको जानकारी दिइएको छ।
