आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म नेप्सेमा सूचिकृत ६ वटा विकास बैंकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। यी बैंकहरूमा शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पर्छन्।
मितेरी डेभलपमेन्ट बैंक:
बैंकले शेयरधनीलाई कुल १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। साधारण सभा मंसिर ६ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान–१ मा बिहान ११ बजे हुनेछ। लाभांश र साधारण सभा प्रयोजनार्थ बुक क्लोज मिति कात्तिक २३ देखि मंसिर ६ तय गरिएको छ।
गरिमा विकास बैंक:
बैंकले १०.५३% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ६% बोनस शेयर र ४.५३% नगद लाभांश समावेश छ। १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते सम्पन्न भइसकेको छ।
मुक्तिनाथ विकास बैंक:
हाल कायम चुक्ता पूँजीको आधारमा १८.२% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा १३.५३% बोनस शेयर र ४.६७% नगद लाभांश रहेका छन्। साधारण सभा कात्तिक १५ गते सम्पन्न भइसकेको छ।
कामना सेवा विकास बैंक:
बैंकले शेयरधनीलाई १५.७८९५% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा १०% बोनस शेयर र ५.७८९५% नगद लाभांश रहेको छ। साधारण सभा सम्पन्न भइसकेको छ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंक:
शेयरधनीलाई कुल १३% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ३% बोनस शेयर र १०% नगद लाभांश समावेश छ। साधारण सभा तथा बुक क्लोज मिति अहिलेसम्म तय गरिएको छैन।
महालक्ष्मी विकास बैंक:
बैंकले शेयरधनीलाई कुल १०.३७% लाभांश दिने घोषणा गरेको छ, जसमा ५% बोनस शेयर र ५.३७% नगद लाभांश समावेश छ। साधारण सभा तथा बुक क्लोज मिति अहिलेसम्म तय गरिएको छैन।
