निर्धारित २० ओभरमा अलआउट हुँदै सिद्धार्थ बैंक एनपीएल -सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।
कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
काठमाडौं गोर्खाज विरुद्ध सुदुरपश्चिम हरमित सिंहको विस्फोटक अर्धशतक
