हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने छ ।
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।
