दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
लुम्बिनी लायन्सका बलरसामु चितवन राइनोजका ब्याटर दबाबमा देखिएका छन्।
कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुग्यो। त्यसपछि चौथो र आठौं ओभरमा विकेट गुमायो।
दश ओभरका खेल सकिँदा चितवनले तीन विकेट गुमाएर ५१ रन बनाएको छ। चिवतनका लागि रवि बोपारा २१ र कप्तान कुशल मल्ल तीन रन बनाएर खेलिरहेका छन्।
लुम्बिनीका लागि अभिषेक गौतमले दुई र रुबेल ट्रम्पेलम्यानले एक विकेट लिए।
सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित
