सिद्धार्थ बैंक एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।

यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो ।

चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ ।

सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए ।

उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए ।
उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे ।

उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।

ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।

रविको अर्धशतकमा चितवनद्धारा लुम्बिनीलाई १४३ रनको लक्ष्य