सामसङ नेपालले ल्यायो Galaxy Tab A11, सबैका लागि स्मार्ट ट्याब्लेट अनुभव

सामसङ नेपालले Galaxy Tab A11 सार्वजनिक गरेको छ, जसले हरेक प्रयोगकर्ताका लागि स्मार्ट, बहुमुखी र भरपर्दो ट्याब्लेट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

Galaxy Tab A11 मा 8.7 इन्चको ठूलो डिस्प्ले छ, जसले फिल्म, गेम र अनलाइन कक्षाको लागि जीवन्त दृश्य अनुभव दिन्छ। Helio G99 प्रोसेसरले छिटो एप स्विचिंग, मल्टिटास्किङ र ढिलाइ बिना स्ट्रीमिङ सुनिश्चित गर्छ।

स्मार्ट जडान र लामो ब्याट्री जीवन:

ट्याब्लेट हल्का र स्लिक डिजाइनमा छ र 5100 mAh ब्याट्रीले दिनभर निरन्तर प्रयोग सम्भव बनाउँछ। LTE भेरियन्ट मोबाइल नेटवर्कमा जडान सुनिश्चित गर्छ भने Wi-Fi भेरियन्ट घरमै भरपर्दो प्रदर्शन दिन्छ।

Galaxy Tab A11 ले Galaxy Ecosystemसँग सहज जडान प्रदान गर्दछ, जसले स्मार्टफोनसँग फाइल शेयरिङ र नोटिफिकेसन व्यवस्थापन सजिलो बनाउँछ। साथै, यसमा ७ वर्षको OS अपडेट र सुरक्षा अपडेट पनि उपलब्ध छन्।

पारिवारिक र सृजनात्मक प्रयोग:

Samsung Kids Mode, parental controls र multiple user profiles सहित, Tab A11 परिवारका लागि उपयुक्त छ।

सामसङ नेपालका MX निर्देशक प्रनय रत्न स्थापितले भने, “Galaxy Tab A11 मार्फत हामी नेपालका हरेक प्रयोगकर्तालाई भरपर्दो र विशेषताले सम्पन्न उपकरण उपलब्ध गराउन चाहन्छौं। यसले विद्यार्थी, पेशाकर्मी र परिवारका सबैलाई सशक्त बनाउनेछ।”

अब Galaxy Tab A11 सामसङका अधिकृत स्टोर र रिटेल साझेदारहरूमा उपलब्ध छ। मूल्य:

  • LTE (8GB/128GB): रु ३०,९९९

  • Wi-Fi (4GB/64GB): रु १९,४९९

साथै, Samsung Insta Finance मार्फत 0% ब्याज दरमा सजिलो EMI विकल्प उपलब्ध छ।