कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज गोलभेँडा, च्याउसहितका तरकारीको भाउ बढेको छ। तर, लौका, करेला, गाँजर, फर्सीसहितका तरकारीको मूल्य घटेको समितिले जनाएको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ९३, टनेलको सानो गोलभेँडा ११५, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ७८, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७८, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १४५, लौका ७५, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४०, कन्य च्याउ २४८, डल्ले च्याउ ३९५, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७८, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६३, स्थानीय काउली ७५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १८५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १७०, लौका ९०, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४५, कन्य च्याउ २४६, डल्ले च्याउ ३९२, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।
