शुक्रबारको गिरावटपछि नेपाली बजारमा सुनको मूल्य आइतबार पुनः वृद्धि भएको छ। एकैदिनमा सुनको भाउ २,९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य २ लाख ४४ हजार ६०० रुपैयाँ प्रतितोला पुगेको छ। गत शुक्रबार यसकै मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ३,१०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३,१३५ रुपैयाँमा पुगेको छ, जसमा ३५ रुपैयाँको वृद्धि भएको हो।
