मंसिर ६ गतेदेखि मोरङ उद्योग व्यापार संघको प्राङ्गणमा भारतका अध्ययनरत र विभिन्न उद्योग–व्यवसायमा संलग्न नागरिकहरुको दर्ता तथा नवीकरणका लागि दुई दिने रजिष्ट्रेशन क्याम्प सुरु भएको छ। क्याम्प मंसिर ६ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ।
पहिलो दिनमा नै यस भेगका अधिकांश भारतीय नागरिकहरुको दर्ता र नवीकरण कार्य सम्पन्न भएको छ। क्याम्प भोलि पनि विहान ९ बजेदेखि साँझ ४ बजेसम्म निरन्तर सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।
कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन मोरङ उद्योग व्यापार संघले समन्वय तथा प्राविधिक सहजीकरणको जिम्मेवारी लिएको छ। कार्यक्रमको औपचारिक उद्धघाटन संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी आरपि सिंहले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेर गरेका थिए।
यस अभियानमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले समन्वयात्मक भूमिका निर्वाह गरेका छन् भने संघका अन्य पदाधिकारी, कार्यसमिति सदस्य र सचिवालयका कर्मचारीहरुको सक्रीय सहयोग पनि रहेको छ।
