बुधबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लाग्दै गएको छ। मंगलबार एकैदिन ५ हजार २०० रुपैयाँले बढेको सुनको भाउ आज पुनः ९०० रुपैयाँले उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।
मंगलबार छापावाल सुन २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँमा रहेको चाँदी आज २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ निर्धारण गरिएको छ।
