कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख २ हजार भन्दा बढी संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराएको हो।
बिक्रिमा आएका यी शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेको मूल्य अनुसार हुनेछ।
यस कदमले संस्थापक शेयरधनीहरूलाई आफ्ना शेयरको कारोबार गर्ने अवसर प्रदान गर्दै बैंकको शेयर बजारमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
