मितेरी डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्यो

मितेरी डेभलपमेन्ट बैंकले २०८१/८२ को लागि १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। बैंकले मंसिर ६ गते सम्पन्न २०औँ वार्षिक साधारण सभाबाट पारित लाभांश आईपिएस मार्फत मंसिर ७ देखि शेयरधनीको खातामा पठाउन थालेको हो।

हितग्राही खातामा बैंक वित्तीय संस्थाको खाता कात्तिक २२ गतेसम्म अद्यावधिक गरिसकेका शेयरधनीका लागि मात्र लाभांश जम्मा गरिएको छ। बैंकले अनुरोध गरेको छ कि हालसम्म हितग्राही खाता नखोलेका वा बैंक खाता नम्बर अद्यावधिक नगरेका शेयरधनीहरूले यथाशीघ्र आफ्नो बैंक खाता अद्यावधिक गर्नुहोस्।

शेयरधनीको बैंक खाता स्वयंको नाममा हुनुपर्नेछ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आइपीएस सदस्य बैंक वा वित्तीय संस्थामा हुनु अनिवार्य छ। बैंकले जनाएका अनुसार लाभांश जम्मा गर्दा बैंक/वित्तीय संस्थाबाट लाग्ने कुनै शुल्क शेयरधनीले नै व्यहोर्नुपर्नेछ।

कर्जा लिएको शेयरधनीको हकमा नो अप्जेसन लेटर प्राप्त भएपछि मात्र लाभांश बैंक खातामा जम्मा गरिनेछ। नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरूले आफ्नो विवरण प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमा जाँच गरी आवश्यक परिमार्जन गर्न सक्नेछन्।