सिद्धार्थ बैंक एनपीएलः विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ, राम्रो प्रदर्शन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ शुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ ।
चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।

विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजले राम्रो सुरुवात गरेको छ।

पहिले ब्याटिङ गरेको चितवनले पावर प्लेमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ।
प्रारम्भिक ब्याटर दीपक बोहरा पाँच रनमै आउट भए।

अर्का प्रारम्भिक ब्याटर डेविड मलान १७ रनमा आउट भए। त्यसपछि देव खनाल र सैफ जैबले चितवनलाई सम्हालेका हुन्।

विराटनगरका लागि मर्चेन्ट डि लाङ्गेले दुई विकेट लिए।

आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै