हङकङमा घातक आगलागी, उद्धार कार्य जारी

हङकङको ताई पो जिल्लामा रहेको हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै निभ्न सकेको छैन। धेरैजसो वृद्ध बासिन्दा रहने उक्त कम्प्लेक्सका केही भवनहरू अहिले पनि जलेर खरानी बनेका छन्। यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक आगलागी भएको बताइएको छ।

स्थानीय समयअनुसार बुधवार २:५१ बजे आगलागी सुरु हुँदा अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको छ भने ४५ जना गम्भीर घाइते छन्। अझै २७९ व्यक्तिको अवस्था अज्ञात रहेको कारण उद्धारकर्मीहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन्।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ। घटनासँग सम्बन्धित निर्माण कम्पनीका दुई निर्देशक र एक सल्लाहकारलाई गैरइरादतन हत्याको आशंकामा पक्राउ गरिएको छ। प्रहरीले ती तीन जनामाथि गंभीर लापरवाही गरेको आरोप लगाएको छ।

उद्धारकर्मीहरूले सुरक्षा र खोजी प्रयासमा तीव्रता दिँदै, अझै जीवित व्यक्ति उद्धार गर्ने प्रयासलाई प्राथमिकता दिएका छन्। यो घटनाले सुरक्षा नियम र आपत्कालीन तयारीको महत्वलाई पुनः उजागर गरेको छ।