अमेरिकामा आप्रवासन नीतिमा कडा कदमको घोषणा

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

युक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व देशबाट आउने आप्रवासन स्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। उनले बिहीबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत आप्रवासनमाथि कडा कारबाही गर्ने व्यापक योजना सार्वजनिक गरे।

ट्रम्पको यो प्रतिक्रिया, ह्वाइट हाउस नजिक बुधबार अफगानी नागरिकद्वारा दुई राष्ट्रिय गार्डको हत्या भएको घटनापछि आएको हो। उनले वर्तमान नीतिले राष्ट्रिय प्रगतिलाई कमजोर बनाएको भन्दै अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने दाबी गरेका छन्।

ट्रम्पले अमेरिकी व्यवस्थालाई पुनःस्थापित गर्न “रिभर्स माइग्रेशन” (उल्टो आप्रवासन) सुरु गर्ने घोषणा पनि गरेका छन्। यसअन्तर्गत पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा अवैध रूपमा प्रवेश गराइएका लाखौं आप्रवासीलाई रद्द गरिने र ‘अटोपेन’ मार्फत स्वीकृत व्यक्तिहरू पनि हटाइने चेतावनी दिइएको छ।

उनले अमेरिकामा ‘नेट एसेट’ नभएका तथा देशप्रेम गर्न असमर्थ मानिएका कुनै पनि गैर–नागरिकलाई देशबाट हटाउने योजना अघि सारेका छन्। साथै, गैर–नागरिकका संघीय सुविधा बन्द गर्ने, आन्तरिक शान्ति अवमूल्यन गर्ने व्यक्तिहरूको नागरिकता खारेज गर्ने र सार्वजनिक बोझ वा सुरक्षा जोखिम हुने विदेशी नागरिकलाई देशनिकाला गर्ने योजना रहेको बताए।

ट्रम्पले ‘अवैध र अव्यवस्थित जनसंख्या वृद्धि’ रोक्नको लागि रिभर्स माइग्रेशन एकमात्र उपाय भएको दाबी गरेका छन्। यस घोषणाले अमेरिकी आप्रवासन नीतिमा नयाँ कडा मोड आउने संकेत दिएको छ।

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार