नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक टाटा टियागो EV का लागि हालसम्मकै सबैभन्दा आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस योजनालाई “सधैँको सबैभन्दा ठुलो प्रस्ताव” (Sadhaiko Sabai Bhanda Thulo Prastab) नाम दिएको छ।
विशेष सुविधाहरूले भरिएको यो अफरमार्फत ग्राहकहरूले सवारी खरिदमा आकर्षक पुरस्कार, उल्लेख्य नगद छुटका साथै विभिन्न प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।
मुख्य आकर्षणहरू (बम्पर उपहार विकल्प):
यस योजनाको सबैभन्दा ठुलो आकर्षण ग्राहकले तीनमध्ये कुनै एक उत्कृष्ट उपहार रोज्न पाउनु हो:
१. बाली भ्रमण जोडीका लागि (Couples Trip to Bali) २. आइफोन १७ प्रोम्याक्स (iPhone 17 Pro Max) ३. सबैभन्दा ठुलो नगद छुट
अन्य मूल्यवान् सुविधाहरू:
यी बम्पर पुरस्कारका अतिरिक्त ग्राहकहरूले गाडी खरिदमा निम्न लिखित थप सुविधाहरू पनि पाउनेछन्:
-
सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य (Best Exchange Value)
-
जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा
-
एक वर्षको सवारी कर छूट
-
निःशुल्क एक्सेसरीज
-
फ्री होम चार्जर इन्स्टलेसन
कम्पनीका अनुसार यी सुविधाहरूले ग्राहकलाई टियागो EV सञ्चालन गर्न थप सहज, भरपर्दो र किफायती अनुभव प्रदान गर्नेछ।
आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण टाटा टियागो EV नेपाली बजारमा धेरै ग्राहकहरूको रोजाइमा परेको छ। सहरी क्षेत्रका लागि उपयुक्त मानिएको यस गाडीको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ।
