बजाजले बहुप्रतिक्षित ‘डोमिनार डे’ कार्यक्रम सुरु भएको औपचारिक घोषणा गरेको छ। यस कार्यक्रममार्फत बजाजले सबै राइड प्रेमीहरूलाई बाइकर्स क्याफे नक्सालमा उपस्थित भई डोमिनार ४०० को उत्कृष्ट अनुभव लिन आह्वान गरेको छ।
यही नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म बाईकर्श क्याफे, नक्सालमा सञ्चालन हुने यस एक हप्ते कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स लाई प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन्।
‘डोमिनार डेको दिन आएको छ; र तपाईंको अपग्रेड अब शुरू हुन्छ’ भन्ने मूल सन्देशसहित सुरु भएको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर तथा सुविधाहरू उपलब्ध गराएको छ।
डोमिनार डेका मुख्य आकर्षणहरू:
यस कार्यक्रममा सहभागी हुने ग्राहकहरूले निम्न विशेष सुविधाहरू र उपहारहरू प्राप्त गर्न सक्नेछन्:
-
सुरक्षित राइडिङ गियर: सहभागीहरूले अल्फा सिएस १ थान सेफ्टी ज्याकेट र एमटी हेल्मेट जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियरहरू प्राप्त गर्नेछन्।
-
सरल फाइनान्सिङ: “नागरिकताको भरमा इएमआई” सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा प्राप्त गर्न सकिनेछ।
-
एक्सचेन्ज सुविधा: पुराना बाइकहरूको उत्कृष्ट मूल्यांकन गरिनेछ।
-
बोनस अवसर: खेलप्रेमीहरूको लागि एनपिएल (NPL) टिकटहरू जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन्।
-
राइड जित्ने मौका: सहभागीहरूले स्पोन्सर्ड विकेन्डर राइड जित्ने मौका पाउनेछन्।
-
टेस्ट राइड उपहार: टेस्ट राइडमा डोमिनारका सामान (Accessories) पनि प्राप्त गर्न सकिनेछ।
कम्पनीले यो कार्यक्रम आफ्नै डोमिनार भएका तर नयाँ मोडेलमा रुचि राख्नेहरूका साथै सबै बाइक प्रेमीहरूका लागि एक विशेष अवसर बन्ने विश्वास व्यक्त गरेको छ। यसले सहभागीहरूलाई डोमिनार ४०० को दमदार शक्ति, उत्कृष्ट प्रदर्शन र आरामदायी अनुभव प्रदान गर्नेछ।
बजाज नेपालले यो कार्यक्रम केवल एक हप्ता मात्रै सञ्चालन हुने भएकाले बाइकर्श क्याफे नक्सालमा पुगेर डोमिनार ४०० को टेस्ट राइड र उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सबैलाई आग्रह गरेको छ।
