रामेश्वर बस्याल नियुक्त, सिद्धार्थ बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो कायम मुकायम मुख्य कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको ४६७औँ बैठक मा बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय भएको हो।

हालका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल को चार वर्षे कार्यकाल मंसिर २६ गते सकिन लागेको छ। त्यसैले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत बस्याल लाई बैंकको नेतृत्वको जिम्मेवारी दिइएको हो।

बस्यालले मंसिर २७ गते देखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने छन्। यस नियुक्तिसँगै सिद्धार्थ बैंकले नेतृत्वको निरन्तरता र व्यवस्थापनमा स्थिरता सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।