माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन भएको छ। क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। योजना एमबीएल सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी प्रकृतिको रहेको छ।
यो योजनाको कुल आकार ५ करोड इकाई रहेको छ।
-
१४% (७० लाख इकाई) कोष प्रबर्धक माछापुच्छ्रे बैंक का लागि सुरक्षित
-
१% (५ लाख इकाई) योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल का लागि सुरक्षित
सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्। अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताले आजै आवेदन दिनुपर्ने कम्पनीले जानकारी गराएको छ।
