हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको ब्रान्ड ‘स्काइलाइन’ को आधिकारिक शोरूम र अनुभव केन्द्र आजबाट विधिवत् उद्घाटन गरिएको छ।
काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज अगाडि खोलिएको यस शोरूमलाई ग्राहकहरूका लागि विशेष रूपमा ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ। यो केन्द्रमा ग्राहकहरूले स्काइलाइन उत्पादनहरूलाई प्रत्यक्ष रूपमा छूने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
तीन दिने विशेष लञ्च इभेन्ट
स्काइलाइनको उद्घाटनलाई लक्षित गरी कम्पनीले मंसिर १८ गतेदेखि २० गतेसम्म (डिसेम्बर ३ देखि ५, २०२५ सम्म) तीन दिनसम्म विशेष लञ्च इभेन्ट आयोजना गर्ने जनाएको छ।
गुणस्तर र टिकाउपनमा जोड
हुलास एल्युमिनियमले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘स्काइलाइन’ ढोका तथा झ्यालहरूको निर्माण गरेको छ। कम्पनीका अनुसार, यसमा प्रिमियम क्वालिटी, आकर्षक डिजाइन र उत्कृष्ट टिकाउपन समावेश छन्।
कम्पनीले स्काइलाइनलाई ‘भ्यालु फर मनी’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै लक्जरी सेग्मेन्टमा यो गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।
-
उत्पादनको विशेषता: अन्तर्राष्ट्रिय स्तरको प्रिमियम एल्युमिनियम, आधुनिक डिजाइन र दीर्घायु सामग्री।
-
उपयुक्तता: लक्जरी इन्टेरियर तथा आर्किटेक्चरका लागि विशेष उपयुक्त।
-
विश्वास: हुलास एल्युमिनियमको विश्वास र गुणस्तरले यसलाई विशेष बनाएको छ।
स्काइलाइनको उद्घाटनसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एल्युमिनियम डोर-विन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
