नेपाल फाइनान्सको संस्थापक सेयर अब सर्वसाधारणका लागि, आवेदन दिने समय १५ दिन

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार

नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको ठूलो परिमाणको संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार, कुल २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यसअघि कम्पनीले उक्त शेयर खरिद गर्नका लागि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र मौका दिएको थियो। तर, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि अब यी शेयरहरू सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

कति मूल्यमा र कहाँ दिने आवेदन?

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ मा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ। निवेदन बुझाउने स्थान कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौं रहेको छ।

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार