पतञ्जली आयुर्वेदको व्यापारमा ब्रेक: एकै वर्षमा ३५ करोडको गिरावट

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार

नेपालमा सञ्चालित पतञ्जली आयुर्वेद कम्पनीको व्यापारमा गत वर्ष दोहोरो अङ्कको गिरावट आएको छ। इक्रा नेपालबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, एकै वर्षमा कम्पनीको कारोबारमा झन्डै ३५ करोड रुपैयाँ ले कमी देखिएको छ।

तथ्याङ्कअनुसार, कम्पनीले सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो। तर, सन् २०२५ मा आइपुग्दा कारोबार घटेर १ अर्ब ८० करोड रुपैयाँ मा सीमित भएको छ। यो गिरावट गत वर्षको तुलनामा १६.२८ प्रतिशत हो।

पछिल्ला वर्षहरूको व्यापार उतारचढाव:

विगत केही वर्षदेखि उकालो यात्रामा रहेको पतञ्जली आयुर्वेदको व्यावसायिक गतिमा पछिल्लो समय सुस्तता आएको छ।

वर्ष कारोबार रकम (करोड रु.)
सन् २०२१ १ अर्ब ९३ करोड ३० लाख
सन् २०२२ १ अर्ब ५० करोड २० लाख
सन् २०२३ १ अर्ब २५ करोड ९० लाख
सन् २०२५ १ अर्ब ८० करोड

कम्पनीको संरचना र उत्पादन

सन् २०११ मा ‘नेपाल ग्रामोद्योग’ नामले दर्ता भएको यो कम्पनीले सन् २०१५ मा नाम परिवर्तन गरी पतञ्जली ब्रान्डका खाद्य सामग्री, व्यक्तिगत हेरचाहका उत्पादन र घरायसी सामानहरूको उत्पादन तथा वितरण गर्दै आइरहेको छ।

  • स्वामित्व: कम्पनीमा भारतीय गंगोत्री आयुर्वेदाको ९५ प्रतिशत हिस्सेदारी छ, भने बाँकी सेयर नेपालको महोतो समूह (राम जानकी इनभेष्टमेन्ट) को स्वामित्वमा रहेको छ।

  • बजार पहुँच: कम्पनीले हाल देशभर १०० भन्दा बढी वितरक मार्फत आफ्ना उत्पादनहरू वितरण गर्दै आएको छ।

  • प्रमुख उत्पादन: कारोबारका हिसाबले डिशवास र डिटर्जेन्ट पाउडर कम्पनीको प्रमुख उत्पादनका रूपमा उभिएका छन्।

  • ग्राहक निर्भरता: कम्पनीले गत आर्थिक वर्षमा शीर्ष १० ग्राहकबाट मात्रै ५२ प्रतिशत कारोबार प्राप्त गरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले कुल ९५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। इक्राका अनुसार, यसमा ३५ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ५९ करोड ८० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराइएको हो।

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार