हेटौँडामा सडक विस्तार:घरटहरा विहानैदेखि हटाइदै

हेटौँडामा सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ।

सडक डिभिजन कार्यालय मकवानपुरले बजार क्षेत्रका सडक सीमाभित्र परेका संरचना हटाउने अभियान अन्तर्गत आज बिहानैदेखि घर तथा टहरा खाली गराउँदै भत्काउने कार्य सुरु गरेको हो।

सडक विस्तारको क्रममा २५(२५ गजभित्र पर्ने संरचनाहरूलाई कानुनी प्रक्रिया अनुसार सूचना जारी गरी हटाउन निर्देशन दिइएको थियो।

समयसीमा बितेपछि डिभिजनले सुरक्षाकर्मीको उपस्थितिमा संरचना हटाउने काम सुरु गरेको जनाएको छ।