अर्थतन्त्रको गति निजी क्षेत्रसँगै अघि बढ्ने ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अघि बढ्नुपर्नेमा जोड दिए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले भने, “जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडी लैजान सकिँदैन। यो प्रमाणित पनि भइसकेको छ।”

उहाँले निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै, अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेको भन्दै ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार कलेक्टिभ एप्रोच नभएकोले वास्तविक रिजल्ट प्राप्त गर्न कठिनाइ भएको छ।

अध्यक्ष ढकालले निजी क्षेत्रले आन्तरिक पुँजी परिचालन गरेर धेरै काम गर्न सक्ने र “नेपालमा केही गर्न सकिँदैन” भन्ने गलत धारणा तोड्ने काम गरिरहेको जानकारी दिए। जेनजी आन्दोलनपश्चात सुशासनका विषयमा निजी क्षेत्रले गरेका मागहरू क्रमशः सम्बोधन भइरहेका छन्, जसले उनीहरूलाई उत्साहित बनाएको छ।

साथै, उनले सिइओको निर्णय प्रक्रियामा प्रमुख भूमिका भएको बताए। यदि सिइओले चाह्यो भने अध्यक्षलाई मनाएर काम पारित गर्न सकिन्छ, तर नचाहेको अवस्थामा पारित हुँदैन। अध्यक्ष ढकालले एफएनसीसीआईले नेपालमा लगानी प्रवर्द्धन गर्न देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी पनि दिए।