सिद्धार्थ बैंक एनपीएलमा जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै कर्णाली याक्सले सान्त्वना जित हासिल गरेको छ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा जनकपुरलाई तीन रनले पराजित गर्दै कर्णालीले छैटौँ स्थानमा रहेर दोस्रो सिजनको एनपीएलको यात्रा सकाएको हो। कर्णाली र चितवन राइनोजको समान चार अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहँदै छैटौँ स्थानमा उक्लेको हो। चितवन सातौँ स्थानमा झरेको छ।

कर्णालीले लिग चरणमा पाँच खेलमा हार भोग्दा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो।

कर्णालीसँगको हारसँगै गत सिजनको च्याम्पियन जनकपुर अंक तालिकाको पुछारमा रहेर दोस्रो सिजन सकाएको छ।

जनकपुरले यो सिजन लिग चरणको सात खेलमध्ये एक खेलमा मात्र जित हात पारेको हो। बाँकी ६ खेलमा हार भोगेको छ। लिग चरणमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो।

आइतबार कर्णालीले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको जनकपुरले सात विकेट गुमाउँदा एक सय २६ रन मात्र बनाउन सक्यो।

सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनी नन्दन यादवको बलमा गुलशन झाको हातबाट क्याच आउट भए। सञ्जयले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा अर्धशतक पूरा गरे।

संगीत कोरे ३२ बलमा २५ रन बनाउँदा सोमपाल कामीको बलमा नजिबुल्लाहको हातबाट क्याच आउट हुन पुगे। कप्तान जान निकोल लफ्टी इटोन १३ रनमा नटआउट रहे।

ओपनर माज सदाकत १२ रन बनाउँदा विलियम वसिस्टोको बलमा एलबीडब्लूको धरापमा परे। आशिफ शेख र अनिल साह शून्यमा नै आउट भए। नौ रन थपेका मयन यादव पवन सर्राफको बलमा विलियमको हातबाट क्याच आउट हुन पुगे।

कर्णालीका लागि विलियम बसिस्टोले दुई विकेट लिए। मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो।

कर्णालीका लागि ओपनर इमरान शेखले बनाएको ३३ रन नै सवौधिक रह्यो। उनले ३२ बलमा एक चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, गुल्सन झाले १९, प्रियांक पञ्चलले १६ र विलियम बसिस्टोले १५ रन थपे। नजिबुल्लाह जड्रान १३ रनमा बोल्ड आउट भए। कप्तान सोमपाल कामी १८ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र आदित्य महतले समान दुई विकेट लिए। संगीत कोरे, अनिल साह र माज सदाकतले समान एक विकेट आफ्नो नाममा गरे।

लिगको पहिलो क्वालिफायरमा मंगलबार शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्स भिड्नेछन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै कर्णाली याक्सले सान्त्वना जित हासिल गरेको छ।

पोखराले चितवनलाई आठ विकेटको फराकिलो अन्तरले हरायो